Kathmandu Press

पाकिस्तानमा मनसुनी वर्षाबाट १० को मृत्यु, २६ जना घाइते

काठमाडाैं, साउन २९ : पाकिस्तानमा मनसुनी वर्षा र यससँगै आएको बाढी र पहिरोमा परी कम्तीमा पनि १० जनाको ज्यान गएको छ।गएको २४ घन्टायता...
पाकिस्तानमा मनसुनी वर्षाबाट १० को मृत्यु, २६ जना घाइते

काठमाडाैं, साउन २९ : पाकिस्तानमा मनसुनी वर्षा र यससँगै आएको बाढी र पहिरोमा परी कम्तीमा पनि १० जनाको ज्यान गएको छ।

गएको २४ घन्टायता पाकिस्तानका विभिन्न स्थानमा भएको निरन्तरको वर्षा र बाढीमा परेर अरु २६ जना घाइते भएका यहाँका राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनकारी दिएको हो।

सो केन्द्रका अधिकारीले दिएको जानकारीअनुसार पाकिस्तानको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ।

सो प्रान्तका अधिकांश स्थानमा बाढी आएको र त्यसमा परेर छ जनाको ज्यान गएको छ।

त्यसैगरी यहाँको उत्तरपश्चिीमी प्रान्त खैबर पाक्थुन्क्वामा पनि बाढीका कारण तीन जनाको ज्यान गएको बताइएको छ। त्यहाँका कतिपय व्यक्ति हराइरहेका पनि बताइएको छ।  

यहाँ यसवर्षको मनसुनी वर्षा सुरु भएको जुनदेखि अहिलेसम्ममा अति वर्षा र बाढीमा परेर पाँच सय ९२ जनाको मृत्यु भएको बताइएको छ।

त्यसैगरी यस वर्षाका कारण यहाँका करिब एक हजार जना घाइते भएका छन् भने बाढीले हजारौँ घरमा क्षति पुगेको छ।

प्रकाशित मिति: ११:५२ बजे, आइतबार, साउन २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्