Kathmandu Press

समाजवादी प्रेस सङ्गठन मधेस प्रदेशको अध्यक्षमा साह

समाजवादी प्रेस सङ्गठन मधेस प्रदेशको अध्यक्षमा साह

जनकपुर, साउन २९ : समाजवादी प्रेस सङ्गठनको प्रथम मधेस प्रदेश अधिवेशनले प्रविन साहको अध्यक्षतामा १३ सदस्यीय प्रदेश समिति चयन गरेको छ।

जनकपुरधाममा शनिबार सम्पन्न प्रदेश अधिवेशनको बन्दसत्रबाट गठित समितिको उपाध्यक्षमा प्रविण शर्मा, महिला उपाध्यक्षमा प्रकृति अधिकारी, सचिवमा रमेश सुवेदी, सहसचिवमा प्रमोद चालिसे र कोषाध्यक्षमा रामपुकार यादवलाई चयन गरेको छ।

समितिको सदस्यहरूमा सलिता सदा, नवीन साह, अजित कर्ण, नरेश गुप्ता र विनोद पटेललाई चयन गरेको जनाएको छ । नेकपा (एकीकृत समाजवादी)का मधेस प्रदेशका इन्चार्ज धर्मनाथ साहले अधिवेशनको शुभारम्भ गरेका थिए ।

प्रकाशित मिति: १०:५० बजे, आइतबार, साउन २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्