Kathmandu Press

दाङमा खोलामा डुबेर युवकको मृत्यु

दाङ, साउन २९ : दाङको अर्जुन खोला र मसोट खोलाको दोभानमा डुबेर एक युवकको मृत्यु भएको छ।साथीसँगै नुहाउन गएका घोराही उपमहानगरपालिका–२ रामपुर बुकाका...
दाङमा खोलामा डुबेर युवकको मृत्यु

दाङ, साउन २९ : दाङको अर्जुन खोला र मसोट खोलाको दोभानमा डुबेर एक युवकको मृत्यु भएको छ।

साथीसँगै नुहाउन गएका घोराही उपमहानगरपालिका–२ रामपुर बुकाका २६ वर्षीय निराजन पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

नुहाउने क्रममा डुबेर बेपत्ता भएको सूचना पाउने वितिक्कै डीएसपी नवीन बुढाथोकीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। खोजी गर्ने क्रममा उनको शव भेटिएको बुढाथोकीले बताए।

निराजन अन्य दुई जना साथीसँगै पौडी खेल्न खोलामा गएका थिए। दोभानमा पानीको प्रभावहले बगाएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०७:२४ बजे, आइतबार, साउन २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्