Kathmandu Press

रुकुम(पूर्व) दुर्घटनाका घाइतेको उपचार नेपालगञ्ज र कोहलपुरमा हुँदै

रुकुम(पूर्व), साउन २८ : रुकुम(पूर्व) को पुथा उत्तरगङ्गा गाउँपालिका–११ तल्लोसेरामा भएको प्रहरीको भ्यान दुर्घटनामा परी घाइते भएका सबैलाई हेलिकाेप्टरमार्फत नेपालगञ्ज लगिएको छ।सुर्खेतबाट आएको...
रुकुम(पूर्व) दुर्घटनाका घाइतेको उपचार नेपालगञ्ज र कोहलपुरमा हुँदै

रुकुम(पूर्व), साउन २८ : रुकुम(पूर्व) को पुथा उत्तरगङ्गा गाउँपालिका–११ तल्लोसेरामा भएको प्रहरीको भ्यान दुर्घटनामा परी घाइते भएका सबैलाई हेलिकाेप्टरमार्फत नेपालगञ्ज लगिएको छ।

सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरमार्फत सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रवीन्द्र श्रेष्ठ, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी, चालक प्रहरी हवल्दार कुमारसिंह डाँगी, प्रहरी जवान सन्तोष बुढामगर र इन्द्र घर्तीलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ।

Hardik ivf

पहिलो चरणमा सशस्त्र प्रहरीका प्रनाउ श्रेष्ठसहित चालक प्रहरी हवल्दार डाँगी, प्रहरी जवान बुढामगरलाई नेपालगञ्ज लगिएको थियो भने दोस्रो चरणमा नेपाल प्रहरीका प्रनाउ डाँगी र प्रहरी जवान घर्तीलाई नेपालगञ्ज लगिएको हो। अर्का प्रहरी जवान लक्ष्मण पुनलाई पनि नेपालगञ्ज लगिएको छ। उनलाई त्यहाँ लग्ने वित्तिकै अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

अहिले प्रनाउ डाँगीको शिक्षण अस्पताल बाँके र सशस्त्र प्रहरीका प्रनाउ क्षेष्ठको सशस्त्र प्रहरी बल अस्पताल नौबास्ता बाँकेमा उपचार भइरहेको छ भने अन्यको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।

आज जिल्ला सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरातर्फ जाँदै गरेको नेपाल प्रहरीको भ्यान तल्लोसेरा गाउँ नजिकै दुर्घटना भएको थियो। गाडी सडकबाट करिब एक सय मिटर तल खसेको बताइएको छ।

प्रकाशित मिति: २१:०० बजे, शनिबार, साउन २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्