Kathmandu Press

कोरोनाले थलिएका ‘पाहुना घर’ अझै सुनसान

महेन्द्रनगर, साउन २८ : कोरोना कहरका बेला प्रभावित बनेका कञ्चनपुरमा रहेका पाहुना घर (होमस्टे) मा आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम घटेको छ।...
कोरोनाले थलिएका ‘पाहुना घर’ अझै सुनसान

महेन्द्रनगर, साउन २८ : कोरोना कहरका बेला प्रभावित बनेका कञ्चनपुरमा रहेका पाहुना घर (होमस्टे) मा आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम घटेको छ। कोरोना महामारी फैलिनुअघि पाहुनाहरुको चहलपहल रहने पाहुना घरहरु कोरोनापछिका वर्षहरुमा भने सुनसान हुन थालेका छन्। पाहुनाको आवागमन घटेसँगै होमस्टेको आर्थिक कारोबारमा समेत गिरावट आएको कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्थित राना थारु सामुदायिक होमस्टेका सचिव चेतराम रानाको भनाइ छ।

'गत वर्ष असार मसान्तसम्म रु तीन लाख जतिको कारोबार भयो,' सचिव रानाले भने, 'कोरोना सकिएपछि पनि समूहमा पाहुना आएर बास बस्ने क्रम घटेको छ।' कञ्चनपुर र कैलालीमा मात्रै बसोबास रहेको राना थारु समुदायको पहिलो होमस्टे आफूहरुले सञ्चालनमा ल्याएको उल्लेख गर्दै सचिव रानाले पाहुना नआएका बेला स्थानीय खेतीपाती र व्यावसायिक तरकारी खेती गरिरहेको बताए।

Hardik ivf

'कोरोनाअघि सात महिनामै रु आठ लाखसम्मको कारोबार हुने गरेको थियो,' उनले भने, 'अहिले त वैशाखयता पाहुना छिटपुटरूपमा मात्रै आएका छन्।' यहाँको शुक्लाफाटा राष्ट्रिय निकुञ्जको छेउमै रहेको राना थारु होमस्टे जिल्लाका अरु होमस्टे भन्दा बढी चहलपहल हुने होमस्टे हो। कञ्चनपुरको कृष्णपुर नगरपालिकाको वाणीमा विजयसाल होमस्टे, शुक्लाफाँटा नगरपालिकाको जोनापुरमा खैरकन्द्रा होमस्टे र सिमलफाँटामा कृष्णसार होमस्टे रहेका छन्।

आठ वटा पाहुना घर रहेको राना थारु होमस्टेमा आउने पाहुनाको स्वागतका लागि राना थारु पम्परागत नृत्य देखाइनुका साथै स्थानीय परिकार खुवाउने गरिएको छ। 'होटल बसाइभन्दा सस्तो पनि पर्ने भएकाले यहाँ भ्रमणका लागि समूहमा आउने पाहुनाको रोजाइ होमस्टे पर्छ,' रानाले भने, 'मुलुकभरका होमस्टेले सहकार्य गरेर पाहुना राख्ने खालको वातावरण बनाउन आवश्यक छ।'

तराई भू–परिधि कार्यक्रम (ताल) को प्राविधिक तथा भौतिक सहयोगबाट सुरु गरिएको होमस्टे सञ्चालनका लागि शुक्लाफाँटा मध्यवर्ती व्यवस्थापन समितिको आवश्यक सहयोगमा होमस्टे सुरुआत गरिएको थियो। होमस्टे सञ्चालनसँगै थारु समुदायको कला, रीति, संस्कृति जगेर्ना पनि सँगसँगै भइरहेको रानाको भनाइ छ।

त्यसैगरी कञ्चनपुरको झलारी बजारबाट करिब छ किलोमिटर दक्षिण खैरकन्द्रा सामुदायिक होमस्टेमा पनि पाहुनाको आगमन छिटपुट छ। खैरकन्द्रा सामुदायिक होमस्टेका संयोजक पुरन डगौँराले कोरोनापछि होमस्टेमा चहलपहल नभएको बताए। 'वैशाखयता ६० पाहुनासमेत होमस्टेमा आएको छैनन्,' उनले भने,'छिटपुट रूपमा आए पनि सञ्चालन त्यति राम्रोसित भएको छैन।'

जेडएसएल र प्रकृति संरक्षण कोषको सहयोगमा २०७४ सालमा आठ घरमा होमस्टे सुरु गरिएको थियो। होमस्टेमा आउने पाहुना थारु चौधरीको परिवार खुवाउनेदेखि परम्परागत नृत्यसमेत देखाउने गरिएको संयोजक डगौँराको भनाइ छ।

प्रकाशित मिति: १९:३२ बजे, शनिबार, साउन २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्