Kathmandu Press

तुलसालयसहित विभिन्न संस्था तथा व्यक्ति पुरस्कृत

काठमाडाैं, साउन २८ : अनाथ तथा असहाय व्यक्तिको उद्धार गरी आश्रय दिइरहेको तुलसालय आश्रमसहित विभिन्न संस्था तथा व्यक्तित्व पुरस्कृत भएका छन्।आज यहाँ आयोजित...
तुलसालयसहित विभिन्न संस्था तथा व्यक्ति पुरस्कृत

काठमाडाैं, साउन २८ : अनाथ तथा असहाय व्यक्तिको उद्धार गरी आश्रय दिइरहेको तुलसालय आश्रमसहित विभिन्न संस्था तथा व्यक्तित्व पुरस्कृत भएका छन्।

आज यहाँ आयोजित कार्यक्रममा एनएण्डजे इन्टरटेनमेन्ट एनवाइ इन्क, अमेरिकाद्वारा ती संस्था तथा व्यक्तित्व पुरस्कृत भएका हुन्।

Hardik ivf

ललितपुर महानगरपालिका–२५ भैँसेपाटीमा अवस्थित तुलसादेवी हरिहर फाउण्डेसनद्वारा सञ्चालित तुलसालय आश्रममा हाल २७ बालबालिका, ज्येष्ठ नागरिक र मानसिक रोग भएका आश्रित छन्। उक्त प्रतिष्ठानका अध्यक्ष सरु सुवेदीलाई नगद रु २५ हजारसहित सम्मानपत्र प्रदान गरिएको हो।

पुरस्कृति हुने अन्य संस्थामा लक्ष्मी प्रतिष्ठानका लागि सो संस्थाका अध्यक्ष विष्णु गौतम, पूर्वेली न्यूज डटकमका मणिराम दाहाल, इ–नेप्लिज डटकमका विश्वराज थापालगायत छन।

त्यसैगरी साहित्यकारहरु माया ठकुरी, कृष्ण प्रधान, प्रा डा गार्गी शर्मा, गायक ओमविक्रम विष्ट, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राई छन। उनीहरुलाई सबैलाई जनही रु २५ हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो।   

अमेरिकामा बसोबास गर्ने साहित्यकार कमला प्रसाईंले एनएण्डजे इन्टरटेनमेन्ट एनवाइइन्क नामक संस्था स्थापना गरी नेपाली भाषा साहित्य र समाजसेवाका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई प्रदान गर्ने गरी यी पुरस्कार स्थापना गरेका हुन।
    
पुरस्कार प्रदान गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली भाषा र साहित्यका साथै समाजसेवाका विशिष्ट क्षेत्रमा काम गरिरहेका व्यक्तित्वलाई पुरस्कार तथा सम्मान प्रदान गरेकामा खुसी व्यक्त गरे।

वरिष्ठ निबन्धकार कृष्ण प्रधानले सिलीगुडी बसिरहेको आफूलाई पनि सम्झेर सम्मान प्रदान गरेकामा खुसी व्यक्त गर्दै यस्ता कार्यले स्रष्टालाई आगामी दिनमा अघि बढ्ने उत्प्रेरणा मिल्ने बताए।

उक्त संस्थाका संस्थापक कमला प्रसाईंले आफू विदेशी भूमिमा रहेको भए पनि नेपाली भाषामा योगदान दिने र नेपालको समाजसेवाका क्षेत्रमा क्रियाशील रहने व्यक्तिको स्मरण र सम्मान होस् भनेर यी पुरस्कार स्थापना गरेको जानकारी दिए।

प्रकाशित मिति: १९:१३ बजे, शनिबार, साउन २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्