Kathmandu Press

डेढ वर्षदेखि बेपत्ता पत्रकार खड्काको अस्थिपञ्जर भेटियो

काठमाडौं, मंसिर ११ : विगत डेढ वर्षदेखि बेपत्ताको अवस्थामा रहेका नेपाल पत्रकार महासंघ डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बूढीनन्दामा कार्यरत....

डेढ वर्षदेखि बेपत्ता पत्रकार खड्काको अस्थिपञ्जर भेटियो

काठमाडौं, मंसिर ११ : विगत डेढ वर्षदेखि बेपत्ताको अवस्थामा रहेका नेपाल पत्रकार महासंघ डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बूढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्काको अस्थिपञ्जर भेटिएको छ।

डेढ वर्षपछि सम्पर्कविहीन भएको स्थानभन्दा अगाडि बाजुराको काल्टे भन्ने स्थानमा परिचयपत्र, लाइसेन्स, कपडा, झोलालगायत सामान भेटिएको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिए।  गत २०७५ भदौ १० गते करीब १४ हजार फिट उचाइमा रहेको बाजुरास्थित बूढीनन्दा तीर्थस्थलबाट फर्किने क्रममा पत्रकार खड्का सम्पर्कविहीन भएका थिए।

पत्रकार महासंघले डेढ वर्षपछि हड्डीसहित सामग्री भेटिनुले घटना रहस्यमय हुनसक्ने भएकाले सत्यतथ्य छानबिन र भेटिएका हड्डीसहितका सामग्रीको वैज्ञानिक परीक्षण गर्न सरकारसँग माग गरेको छ।
 

प्रकाशित मिति: १५:०१ बजे, बुधबार, मंसिर ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्