Kathmandu Press

मोन्टेनेग्रोमा गोली चल्दा बन्दुकधारीसहित १२ जनाको मृत्यु

पोडगोरिका, साउन २८ : मोन्टेनेग्रोको मध्य शहर सेटिन्जेमा शुक्रबार एक बन्दुकधारीले  गोली चलाउँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ। सो घटनामा एक प्रहरी...
मोन्टेनेग्रोमा गोली चल्दा बन्दुकधारीसहित १२ जनाको मृत्यु

पोडगोरिका, साउन २८ : मोन्टेनेग्रोको मध्य शहर सेटिन्जेमा शुक्रबार एक बन्दुकधारीले  गोली चलाउँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ। सो घटनामा एक प्रहरी सहित अन्य छ जना गम्भीर घाइते भएका छन्  भने प्रहरीको आक्रमणमा आक्रमणकारी समेत मारिएको छ।

मोन्टेनेग्रोको सार्वजनिक प्रसारक रेडियो एण्ड टेलिभिजन अफ मोन्टेनेग्रो (आरटीसीजी) ले एक प्रहरी सहित ६ जना घाइते भएको बताएको छ। पारिवारिक कलहका कारण मानसिकरूपले विक्षिप्त भएको आक्रमणकारीले सडकमा रहेका यात्रुहरूलाई जथाभावी गोली प्रहार गर्दा सो  दुर्घटना भएको बताइएको छ। आक्रमणकारीले प्रहरी माथि आक्रमण गर्दा एक जना प्रहरीको मृत्यु भएको हो।

आरटीसीजीले अनौपचारिक स्रोतलाई उद्धृत गर्दै आक्रमणकारी करिब ३४ वर्षको भएको बताएको छ।

घटनाका चार जना घाइतेलाई सेटिन्जे अस्पतालमा भर्ना गरिएको छ। यसैबीच, मोन्टेनेग्रो सरकारले यस त्रासदीपूर्ण आक्रमणको निन्दा गर्दै तीन दिने शोकको घोषणा गरेको छ।

प्रकाशित मिति: १८:२४ बजे, शनिबार, साउन २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्