Kathmandu Press

कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गर्ने

काठमाडाैं, साउन २८ : नेपाली कांग्रेस, केन्द्रीय कार्यसम्पादन समितिको शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको...
कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गर्ने

काठमाडाैं, साउन २८ : नेपाली कांग्रेस, केन्द्रीय कार्यसम्पादन समितिको शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ।   

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा शनिबार बसेको बैठकले आगामी मङ्सिर ४ गते आइतबार सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचनमा प्रणाली र समानुपातिक निर्वाचनमा भाग लिन पार्टीलाई निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको हो।  

नेपालको संविधानको धारा २७१ तथा राजनीति दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्न पार्टीले नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिएको छ।
 
बैठकले महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको प्रस्तावलाई सर्वसम्मतिले परित गर्दै पार्टीका तर्फबाट उम्मेदवार हुने व्यक्तिलाई मनोनयनको औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवालाई सुम्पिएको छ।  
    
पार्टीका मुख्यसचिव पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीको विधानको धारा ३२ (८) (क), (ख), (ग) बमोजिम तथा प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२ (७) (क), (ख), (ग) र (घ) अनुसारको प्रक्रिया पुर्‍याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालयमार्फत निर्देशन दिनुका साथै पार्टीको निर्वाचन केन्द्रित राष्ट्रियव्यापी कार्यक्रम भदौ १० देखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति: १८:०८ बजे, शनिबार, साउन २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्