Kathmandu Press

तनहुँमा अरिंगालले टोकेर एकजनाको मृत्यु

तनहुँ, साउन २८ : तनहुँको म्याग्दे गाउँपालिका–५ छाङपाटनमा अरिङ्गालले टोकेर एकजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा स्थानीय ३१ वर्षीय टोपबहादुर कुमाल रहेका छन्। सिसौको...
तनहुँमा अरिंगालले टोकेर एकजनाको मृत्यु

तनहुँ, साउन २८ : तनहुँको म्याग्दे गाउँपालिका–५ छाङपाटनमा अरिङ्गालले टोकेर एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ३१ वर्षीय टोपबहादुर कुमाल रहेका छन्। सिसौको रुखमा रहेको अरिंगालको गोला बिहीबार राति पोल्ने क्रममा कुमाल घाइते भएका थिए।

उनको गण्डकी अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। 

अरिंगालले टोकेर घाइते कुमाललाई तत्कालै शुभलक्ष्मी पोलिक्लिनिक भिमाद हुँदै थप उपचारका लागि कास्कीको पोखरा पठाइएको थियो।

प्रकाशित मिति: १६:२३ बजे, शनिबार, साउन २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्