Kathmandu Press

२ करोड ५५ लाख बढीको उपकरण प्रयोगविहीन

महोत्तरी, साउन २८ : महोत्तरीको जलेश्वर जिल्ला अस्पतालमा खरिद गरिएको रु. २ कारोड ५५ लाखभन्दा बढीको उपकरणहरु प्रयोगविहीन बनेको छ।उक्त अस्पतालमा विगत दुई...
२ करोड ५५ लाख बढीको उपकरण प्रयोगविहीन

महोत्तरी, साउन २८ : महोत्तरीको जलेश्वर जिल्ला अस्पतालमा खरिद गरिएको रु. २ कारोड ५५ लाखभन्दा बढीको उपकरणहरु प्रयोगविहीन बनेको छ।

उक्त अस्पतालमा विगत दुई वर्ष बढीदेखि पाँच थान भेन्टिलेटर, बेड सेट, मोनिटर, इको र आइसियु सेटहरु प्रयोगविहीन भएर थन्किएको हो।

Hardik ivf

दुई वर्षअघि कोभिड विशेष अस्पतालका रुपमा जलेश्वर अस्पताललाई विकास गरेर कोरोना नियन्त्रणका लागि रु दुई करोड ५५ लाख ५२ हजारको लागतमा पाँच थान भेन्टिलेटर, थप शय्या, मोनिटर, इकोलगायत आइसियु सेटका उपकरण खरिद गरेर ५० शय्या बनाइएको थियो। 

कोरोना महामारीकै बेलामा पनि भेन्टिलेटर र आइसियु सञ्चालनका लागि दक्ष जनशक्ति नपाएर उक्त अस्पतालले रु अढाई करोड बढीका ती उपकरणहरु प्रयोग गर्न नसकेकामा  विगत दुई वर्षदेखि नै ती सामग्रीहरु प्रयोगविहीन बनेको हो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शतिश साहले दक्ष जनशक्ति (दरबन्दी) को अभावमा कोरोना महामारीको बेलामा भेन्टिलेटर र आइसियु सञ्चालन आएको थिएन तर अहिले प्रदेश सरकारले ५० शय्या सञ्चालन गर्न अस्थायी दरबन्दी उपलब्ध गराएकाले चाँडै विशेषज्ञ चिकित्सकहरु भर्ना गरेर ती उपकरण पनि सञ्चालनमा ल्याउने तयारीमा रहेको जानकारी दिए। 

स्थानीय बासिन्दाले त्यसबेला केही नेता र तीनका कार्यकर्ताहरुलाई कमिशन र कमाईका लागि ती उपकरणहरु किनिएको आरोप लगाए। उनीहरुले जनशक्ति नै थिएन भने ती उपकरणहरु किन किनियो रु भनि प्रश्न गरेका थिए।   ु

प्रकाशित मिति: १५:१८ बजे, शनिबार, साउन २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्