Kathmandu Press

चीन र थाइल्यान्ड संयुक्त सैन्य अभ्यास गर्दै

बैंकक, साउन २८ : एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य गतिविधिलाई लिएर संयुक्त राज्य अमेरिका र उसका सहयोगी देशहरू चिन्तित भएका बेला चीन र थाइल्याण्डले...
चीन र थाइल्यान्ड संयुक्त सैन्य अभ्यास गर्दै

बैंकक, साउन २८ : एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य गतिविधिलाई लिएर संयुक्त राज्य अमेरिका र उसका सहयोगी देशहरू चिन्तित भएका बेला चीन र थाइल्याण्डले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन्।   

संयुक्त अभ्यासका लागि चीनले आफ्ना लडाकु विमान थाइल्याण्ड पठाउने भएको छ। चिनियाँ वायुसेनाले आइतबार लडाकु र बमवर्षक विमान पठाउने सूचना सार्वजनिक गरेको छ।  संयुक्त सैनिक अभ्यासमा हवाई सहयोग, स्थलगत लक्ष्यमा आक्रमण तथा सेनाको तैनाथी समावेश हुने चिनियाँ रक्षा मन्त्रालयले जनाएको छ। 

अमेरिका र चीनबीच बढ्दो रणनीतिक र आर्थिक प्रतिस्पर्धाले विश्वका विशाल अर्थतन्त्रहरूबीचको तनावले यस्उता सैन्य अभ्यासले द्वन्द्वलाई मत्थर गर्न बल नमिल्ने विश्लेषकहरू बताउँछन्। केही समयअघि अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले थाइल्याण्डको भ्रमण गरेर यस क्षेत्रमा अमेरिकी गठबन्धन र साझेदारीको अनुपम सञ्जाललाई बलियो बनाउने प्रयास गरेका थिए।  

उत्तरी थाइल्याण्डको लाओसको सीमा नजिक अवस्थित उडर्न रोयल थाई एयर फोर्सको आधार शिविरमा  हुने संयुक्त अभ्यासमा दुवै देशका लडाकु विमान समावेश हुनेछन्। 

अमेरिकाले इन्डोनेसियामा अष्ट्रेलिया, जापान, इन्डोनेसिया र सिङ्गापुरसँग सन् २००९ मा सैन्य अभ्यास प्रारम्भ गर्दै आएको सन्दर्भमा चीनले पनि थाइल्याण्डसँग मिलेर त्यस्तै सैनिक तालिम सुरु गर्न लागेको हो। 

एक देश दुई शासन पद्धतिअनुसार शासन व्यवस्था सञ्चालन भएको स्वशासित चिनियाँ टापु ताइवानमा अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि चीनले ताइवानको वरपरको जलक्षेत्र र आकाशमा युद्धपोत र क्षेप्यास्त्रसहित सैन्य अभ्यास गरेको थियो। 

प्रकाशित मिति: १५:१२ बजे, शनिबार, साउन २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्