Kathmandu Press

कालापानी अतिक्रमणविरूद्ध हस्ताक्षर अभियान

महेन्द्रनगर, मंसिर ११ : भारतले गरेको कालापानी अतिक्रमणविरुद्ध सुदूरपश्चिममा हस्ताक्षर अभियान सुरू गरिएको छ।

सीमा रक्षाका लागि युवा जागरण अभि....

कालापानी अतिक्रमणविरूद्ध हस्ताक्षर अभियान

महेन्द्रनगर, मंसिर ११ : भारतले गरेको कालापानी अतिक्रमणविरुद्ध सुदूरपश्चिममा हस्ताक्षर अभियान सुरू गरिएको छ।

सीमा रक्षाका लागि युवा जागरण अभियान, दार्चुलाले कञ्चनपुरमा हस्ताक्षर अभियान सुरू गरेको हो। भारतले अक्रिमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ताका लागि सरकारलाई दवाव दिन हस्ताक्षर अभियान सुरू गरिएको जनाएको छ।

‘युवा जागौँ, देश बचाऔँ’ भन्ने नारासहित हस्ताक्षर अभियान संचालन गरिएको छ। यसलाई सुदूरपश्चिमका सबै जिल्लामा पु¥याइने अभियानका संयोजक मदन गिरीले बताए।

सुदूरपश्चिमबाट हस्ताक्षर संकलन गरेर प्रधानमन्त्रीलाई बुझाइने जनाएको छ। अभियानमा सबै सहभागी भइरहेको उनले बताए।

 

प्रकाशित मिति: १३:५४ बजे, बुधबार, मंसिर ११, २०७६