Kathmandu Press

सोनिया गान्धीलाई फेरि काेराेना सङ्क्रमण

नयाँ दिल्ली, साउन २८ : भारतीय राष्ट्रिय काङ्ग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धी फेरि सङ्क्रमित भएकी छन्।  उनी कोरोना भाइरसबाट अहिले दोस्रो पटक सङ्क्रमित भएकी हुन्।...
सोनिया गान्धीलाई फेरि काेराेना सङ्क्रमण

नयाँ दिल्ली, साउन २८ : भारतीय राष्ट्रिय काङ्ग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धी फेरि सङ्क्रमित भएकी छन्।  

उनी कोरोना भाइरसबाट अहिले दोस्रो पटक सङ्क्रमित भएकी हुन्। उनी यसअघि गत जुन २ मा पनि कोरोना भाइरसबाट सङ्क्रमित भएकी थिइन्।  

उनमा सङ्क्रमण रहेको शनिबार पुष्टि गरिएको अधिकारीहरूले जनाएका छन्। उनलाई कुनै ठूलो स्वास्थ्य समस्या भने नरहेको बताइएको छ। 

नेतृ गान्धी अहिले कोरोना भाइरस नियन्त्रण सम्बन्धी नियम अनुसार घरमा छुट्टै बस्नु भएको कांग्रेस नेता जयराम रमेशले जानकारी दिए। 

उनलाई परिवार भित्रैबाट सङ्क्रमण सरेको अनुमान गरिएको छ। उनकी छोरी तथा पार्टीकी महासचिव प्रियङ्का गान्धी भद्रालाई सङ्क्रमण भएको गत बुधबार पुष्टि गरिएको थियो।

सोनियाका छोरा तथा पार्टीका पूर्व अध्यक्ष राहुल गान्धी पनि बिरामी हुनुभएको छ। उनी सहभागी हुने तय गरिएका कतिपय कार्यक्रम पनि स्थगित गरिएका छन्। 

भारतमा पछिल्लो समय कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको देखिएको छ।

प्रकाशित मिति: १४:०६ बजे, शनिबार, साउन २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्