प्रधानमन्त्री भेट्न विमानस्थलबाट सिधैँ अस्पताल पुगे देउवा
काठमाडौं, मंसिर ११ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा अस्पताल पुगेका छन्। उनी प्रधानमन्त्री ओलीलाई भेट्न विमानस्थ....
काठमाडौं, मंसिर ११ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा अस्पताल पुगेका छन्। उनी प्रधानमन्त्री ओलीलाई भेट्न विमानस्थलबाट सिधै अस्पताल पुगेका हुन्।
चुनावी प्रचारका क्रममा काठमाडौं बाहिर रहेका देउवा केहीबेर अघि फर्किएका थिए। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर सिधै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका हुन्।
प्रधानमन्त्री ओलीको पेट दुखेपछि मंगलबार अस्पताल भर्नाका भएका थिए। एपेन्डिक्स र त्यस वरिपरिको भागमा समस्या देखिएपछि मंगलबार नै पेरिटोनाइटिस गरिएको थियो।
उनलाई भेन्टिलेटरबाट सघन उपचार कक्षमा सारिएको छ। उनको अवस्था निरन्तर सुधार भइरहेको अस्पतालले जनाएको छ।






