Kathmandu Press

बाँकेमा थपिए ६ हजार मतदाता

बाँके, साउन २८ : बाँकेमा छ हजार बढी नयाँ मतदाता थपिएका छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि असार...
बाँकेमा थपिए ६ हजार मतदाता
फाइल तस्बिर ।

बाँके, साउन २८ : बाँकेमा छ हजार बढी नयाँ मतदाता थपिएका छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि असार १ देखि साउनको १९ गतेसम्म मतदाता परिचयपत्रका लागि ६ हजार ८ सय १७ जनाले फारमको निर्वाचन कार्यालय बाँकेले जनाएको छ।

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बाँकेबाट तीन लाख २९ हजार चार सय ७३ जनाको मतदाता नामवली आयोगले सार्वजनिक गरेको थियो ।

Hardik ivf

जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार गत असार १ गतेदेखि नयाँ मतदाता नामावली आवेदन दिनेका लागि फारम भर्न खुला गरिएको थियो । असारमा चार हजार चार सय ४३ र साउनको १९ गतेसम्म दुई हजार तीन सय ७४ ले मतदाता नामावलीका लागि आवेदन दिएका थिए ।

बाँकेमा इलाका प्रशासन कार्यालय कोहलपुर, जिल्ला निर्वाचन कार्यालय नेपालगञ्ज र जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावली आवेदन संकलन गरिएको थियो ।

आवेदन दिएका सबैले अहिले नै मतदाता नामावली पाउने निश्चित हुँदैन। कतिपयले १६ वर्षमा नागरिकता पाउनेबित्तिकै मतदाता नामावलीको फारम भरेका हुन्छन् । उनीहरूले १८ वर्ष पुगेपछि मात्र मतदान गर्ने अधिकार प्राप्त गर्ने गर्दछन् ।

प्रकाशित मिति: १०:५१ बजे, शनिबार, साउन २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्