Kathmandu Press

कालीगण्डकी नदीले बगाउँदा बृद्व बेपत्ता

कालीगण्डकी नदीले बगाउँदा बृद्व बेपत्ता

तनहुँ, साउन २८ : तनहुँको देवघाट गाउँपालिका–५ बेणी सङ्गमस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा एक वृद्व बगेर बेपत्ता भएका छन्।

दोलखाको बैधेश्वर गाउँपालिका–३ का ७६ वर्षीय जङ्गबहादुर खड्का कालीगण्डकीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

Hardik ivf

कालीगण्डकी किनारमा नुहाउने क्रममा नदीमा बेपत्ता भएका हुन्। तत्काल प्रहरी परिचालन गरी खोजलतास गरे पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ।

आज बिहानसम्म पनि फेला पर्न सकेका छैनन। उनको खोजी जारी रहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।

प्रकाशित मिति: ०७:५२ बजे, शनिबार, साउन २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्