Kathmandu Press

प्रधानमन्त्री कुराकानी गर्न थाले, आईसीयूमै राखेर उपचार

काठमाडौं, मंसिर ११ : प्रधानमन्त्री केपी शर्मा ओली कुराकानी गर्न थालेको छ। उनलाई सघन उपचार कक्ष (आईसीयू)मै राखेर उपचार भइरहेको छ।

पेट दुखेपछि....

प्रधानमन्त्री कुराकानी गर्न थाले, आईसीयूमै राखेर उपचार
फाइल फोटो

काठमाडौं, मंसिर ११ : प्रधानमन्त्री केपी शर्मा ओली कुराकानी गर्न थालेको छ। उनलाई सघन उपचार कक्ष (आईसीयू)मै राखेर उपचार भइरहेको छ।

पेट दुखेपछि प्रधानमन्त्री ओलीलाई मंगलरबार बिहान त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो। उनको एपेन्डिक्स र त्यस वरिपरिको भागमा समस्या देखिपछि मंगलबार नै पेरिटोनाइटिस गरिएको थियो।

ठूलो आन्द्रासँगै हुने एपेन्डिक्समा देखिएको समस्यालाई एपेन्डिसाइटिस भनिन्छ भने एपेन्डिक्ससँगै त्यस वरिपरिको भागमा देखिने समस्यालाई पेरिटोनाइटिस भन्ने गरिन्छ। एपेन्डिक्स फुटेमा वा त्यसभित्र जमेको पिप बाहिर आएर वरिपरिको भागमा संक्रमण भएमा पेरिटोनाइटिस हुने गरेको छ।

प्रधानमन्त्री ओलीको मंगलबार बिहान पेरिटोनाइटिस गरिएको थियो। उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेकोे थियो। आज भने मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा.उत्तक कृष्ण श्रेष्ठले प्रेस विज्ञप्ति जारी गरी आईसीयूमा राखेर उपचार भइरहेको जनाएका छन्।

बुधबार बिहान १०ः३० बजे जारी विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीयज्यूको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको र उहाँ अहिले राम्रोसँग कुराकानी गर्नसक्ने अवस्थामा भएको व्यहोरा जानकारी गराइन्छ।’

प्रधानमन्त्री ओलीको आइतबार ग्रान्डी अस्पतालमा चौथो पटक मिर्गौलाको डायलासिस गरिएको थियो। उनको १२ वर्ष अघि भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

अहिले आएर समस्या हुन थालेपछि डायलासिस गर्न थालिएको हो। यस पटक भने उनको एपेन्डिक्स र त्यस वरिपरिको भागमा समस्या देखिएको हो। शल्यक्रिया गरिएकाले प्रधानमन्त्री ओलीले केही दिन अस्पतलामै बस्नुपर्नेछ।

प्रकाशित मिति: ११:२४ बजे, बुधबार, मंसिर ११, २०७६