Kathmandu Press

अफगानिस्तान : तालिवानको शासनकालमा करिब ६० प्रतिशत पत्रकार कामबाट विस्थापित 

काठमाडौं, साउन २७ : अगस्ट १५ मा तालिबान समूहले सत्ता सम्हालेपछि अफगानिस्तानमा ३९।५९ प्रतिशत सञ्चार माध्यम र करिब ६० प्रतिशत पत्रकार रोजगारी गुमाएको...
अफगानिस्तान : तालिवानको शासनकालमा करिब ६० प्रतिशत पत्रकार कामबाट विस्थापित 

काठमाडौं, साउन २७ : अगस्ट १५ मा तालिबान समूहले सत्ता सम्हालेपछि अफगानिस्तानमा ३९।५९ प्रतिशत सञ्चार माध्यम र करिब ६० प्रतिशत पत्रकार रोजगारी गुमाएको बताइएको छ । 

अफगानिस्तानमा पत्रकारको अवस्थाबारे चिन्ता व्यक्त गर्दै गैर–नाफामुलक अन्तर्राष्ट्रिय गैर–सरकारी संगठन (रिपोर्टर्स विदाउट बोर्डर्स) ले यो तथ्याङ्क सार्वजनिक गरेको हो ।

Hardik ivf

सूचनाको स्वतन्त्रताको अधिकारको रक्षा गर्नु आफ्नो उद्देश्य रहेको बताउने रिपोर्टर्स विदाउट बोर्डर्सको प्रतिवेदनमा भनिएको छ, “‘रिपोर्टर्स विदाउट बोर्डस’को सर्वेक्षणअनुसार १५ अगस्ट २०२१ मा तालिबानले सत्ता सम्हालेको एक वर्षमा अफगानिस्तानले आफ्ना ३९.५९ प्रतिशत सञ्चारमाध्यम र अधिकांश महिला पत्रकारसहित ५९.८६ प्रतिशत पत्रकार विस्थापित बनेका छन् ।”

प्रतिवेदनमा भनिएको छ, “तालिवान समूहले शासन सम्हालेपछि अफगानिस्तानमा आर्थिक सङ्कट र प्रेस स्वतन्त्रतामाथिको दमनका बीच भएको हो। टोलो न्यूजका अनुसार अफगानिस्तानमा पत्रकार र सञ्चार माध्यमको सङ्ख्याको हिसाबले पत्रकारितामा व्यापक अङ्कुश लगाइएको छ र सञ्चारमाध्यमलाई बन्द हुन बाध्य पारिएको छ ।”

महासचिव क्रिस्टोफ डेलोइरेले भने, “अफगानिस्तानमा विगत एक वर्षमा पत्रकारिता धराशायी भएको छ । सञ्चारमाध्यम र पत्रकारहरूलाई कानूनहरूको अधीनमा राखिएको छ जसले मिडिया स्वतन्त्रतालाई सीमित गर्दछ र दमन र उत्पीडनको बाटो खोल्दछ ।”

अधिकारीहरूले सञ्चारकर्मीहरू माथि हुने हिंसा र उत्पीडनको अन्त्य गर्न र उनीहरूलाई निर्बाध रूपमा आफ्नो काम गर्न दिनुपर्दछ । तुलनात्मक रूपमा, स्थिति धेरै हदसम्म बिग्रिएको छ र यो १५ अगस्त, २०२१, भन्दा पहिलेको सङ्ख्याबाट पुष्टि हुन्छ ।

प्रतिवेदनअनुसार अफगानिस्तानमा १५ अगस्ट २०२१ भन्दा पहिले ५४७ सञ्चारमाध्यम थिए भने त्यसको एक वर्षपछि सन् २०२२ मा २१९ ले आफ्ना गतिविधि बन्द गरेका छन् ।

“संगठनको सर्वेक्षणले काबुलको पतन र इस्लामिक इमिरेट्स अफ अफगानिस्तानको निर्माणले सञ्चारमाध्यममा पारेको ठूलो प्रभावको बारेमा कुनै शङ्का छैन । सन् २०२१ अगष्ट १५ अघि ११ हजार ८ सय ५७ जना पत्रकार रहेकामा अहिले चार हजार ७५९ जना मात्र छन् । महिला पत्रकार सबैभन्दा बढी प्रभावित भएका छन्, यो समयमा ७६।१९ प्रतिशत महिला पत्रकारले रोजगारी गुमाएका छन् ।”

प्रकाशित मिति: १८:५३ बजे, शुक्रबार, साउन २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्