आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं, साउन २७ : आफ्नै श्रीमती २३ वर्षीया प्रतिमा कुमारी यादवको हत्या गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका २३ ईटियाही टोल बस्ने २६ वर्षीय दिनेश प्रसाद यादवलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
दिनेशले आफ्नै श्रीमतीको हत्या गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी उपर ज्यान सम्बन्धी कसूर मुद्दामा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: १८:१२ बजे, शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












