Kathmandu Press

विस्फाेटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु

विस्फाेटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु

काबुल, साउन २७ : अफगानिस्तानको  काबुलमा बिहीबार भएको एक विस्फोटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

राजधानीमा भएको विस्फोटमा हक्कानी मारिएका टोलो समाचार समितिले जानकारी दिएको छ। अफगानिस्तानमा  पछिल्ला हप्ताहरुमा शृङ्खलाबद्ध विस्फोटहरु भएका छन्। राजधानी काबुलको चन्दवाल, पुल–ए–सोख्ता र सरकारिजलगायतका धेरै क्षेत्रमा विस्फोटहरू भएका छन्।

अगस्ट छ मा काबुलको पश्चिममा पर्ने पुल–ए–सोख्ता क्षेत्रनजिक भएको विस्फोटमा कम्तिमा तीन जनाको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएका थिए।

अफगानिस्तानमा भर्खरै भएको विस्फोटको संयुक्त राष्ट्र सङ्घले निन्दा गरेको छ। यसमा परी एक सय २० भन्दा बढी व्यक्ति मृत्यु र घाइते भएका छन्। यस विस्फोटको इस्लामिक स्टेट्सले दाबी गरेको छ।

अफगानिस्तानमा रहेको संयुक्त राष्ट्रसङ्घको परिवारले अल्पसंख्यकहरूको लागि ठूलो सुरक्षाको आग्रह गरेको छ।

प्रकाशित मिति: १४:४३ बजे, शुक्रबार, साउन २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्