Kathmandu Press

दक्षिण काेरियामा एकै दिन १ लाख २८ हजारभन्दामा कोरोना सङ्क्रमण

साेल, साउन २७ : दक्षिण कोरियामा एकैदिन एक लाख २८ हजार ७ सय १४ जना कोभिड–१९बाट सङ्क्रमित भएका छन्।बिहीबार प्रकाशित तथ्याङ्क तुलनामा शुक्रबारको...
दक्षिण काेरियामा एकै दिन १ लाख २८ हजारभन्दामा कोरोना सङ्क्रमण

साेल, साउन २७ : दक्षिण कोरियामा एकैदिन एक लाख २८ हजार ७ सय १४ जना कोभिड–१९बाट सङ्क्रमित भएका छन्।

बिहीबार प्रकाशित तथ्याङ्क तुलनामा शुक्रबारको तथ्याङ्क घटेको पाइएको छ।  

स्वास्थ्य अधिकारीहरूका अनुसार बिहीबार एक लाख ३७ हजार दुई सय ४१ जनामा कोरोना भाइरस पुष्टि भएको थियो।

दक्षिण कोरियामा ओमिक्रोनको उपप्रजाति द्रुत गतिमा फैलिएको छ।  

त्यसैगरी गम्भीर अवस्थामा बिरामीको सङ्ख्या पनि अघिल्लो दिनको तुलनामा ३५ ले बढेर चार सय ५३ पुगेको छ।

सोही अवधिमा थप  ८ जनाको मृत्यु भएसँगै महामारीमा परेर ज्यान गुमाउनेका सङ्ख्या २५ हजार चार सय ९९ पुगेको छ। 

प्रकाशित मिति: १३:५५ बजे, शुक्रबार, साउन २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्