Kathmandu Press

प्यालेस्टिनी बालबालिकाको हत्याप्रति चिन्ता

अमेरिका, साउन २७ : इजरायली सेनाले कब्जा गरेको क्षेत्र र प्यालेस्टाइनमा भएका घटनाहरुमा  यस वर्षको शुरुदेखि हालसम्म करिब ४० प्यालेस्टाइनी बालबालिकाको मृत्यु भएको...
प्यालेस्टिनी बालबालिकाको हत्याप्रति चिन्ता

अमेरिका, साउन २७ : इजरायली सेनाले कब्जा गरेको क्षेत्र र प्यालेस्टाइनमा भएका घटनाहरुमा  यस वर्षको शुरुदेखि हालसम्म करिब ४० प्यालेस्टाइनी बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार प्रमुख उच्चायुक्त मिशेल बाचेलेटले एक विज्ञप्तिमा बताएकी छन्। 

‘द्वन्द्वको क्रममा कुनै पनि बालबालिकालाई चोट पुर्याउनु गहिरो चिन्ताजनक कुरा हो र यसवर्ष धेरै बालबालिकाको हत्या र अपाङ्ग समेत पारिएको अव्यावहारिक हो,’ अल जजीराले ब्याचेलेटलाई उद्धृत गर्दै जनाएको छ। 

Hardik ivf

गत हप्ता मात्रै कब्जा गरिएको प्यालेस्टाइन क्षेत्रमा १९ प्यालेस्टाइनी बालबालिकाको मृत्यु भएको थियो, यस वर्षको सुरुदेखि हालसम्म बालबालिकाको मृत्यु हुनेको संख्या ३७ पुगेको छ। 

गत साताको अन्त्यमा इजरायली सेनाले गाजामा गरेको आक्रमणमा १७ जना बालबालिकाको मृत्यु भएको थियो। मङ्गलबार कब्जा गरिएको वेस्ट बैंकमा इजरायली कारबाहीमा थप दुई बालबालिका मारिएका अल जजीराले जानकारी दिएको छ। गाजामा इजरायली आक्रमणमा भारी सङ्ख्या सर्वसाधारण माएिका संयुक्त राष्ट्र सङ्घका मानव अधिकार प्रमुखले बताएकी छन्। 
 
नागरिकहरुलाई मार्ने, घाइते पार्ने वा नागरिकका वस्तुहरुलाई क्षति पुर्‍याउने अन्तर्राष्ट्रिय मानवीय कानूनमा निषेध गरिएको छ।

शुक्रबारदेखि आइतवारसम्मको तीन दिनको आक्रमणमा मारिएका ४८ प्यालेस्टाइनीहरूमध्ये कम्तीमा २२ जना सर्वसाधारण रहेका र ती मध्ये  १७ बालबालिका र चार महिला भएका संयुक्त राष्ट्र मानव अधिकार कार्यालयले पुष्टि गरेको  छ। इजरायली आक्रमणमा १५१ बालबालिका, ५८ महिला र १९ वृद्धवृद्धासहित सर्वसाधारण नागरिक घाइते भएका छन्।  
 

प्रकाशित मिति: १३:५१ बजे, शुक्रबार, साउन २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्