Kathmandu Press

नाइजेरिया सैनिक कारबाही : २९ जना मारिए

नाइजेरिया सैनिक कारबाही : २९ जना मारिए

अबुजा, साउन २७ : नाइजेरियाली सेनाले देशको उत्तरी क्षेत्रमा आतंककारीविरुद्ध गरेको कारबाहीमा कम्तीमा पनि २९ जनाको मारिएका छन् भने ५५ जनालाई नियन्त्रणमा लिइएको छ। 

अतिवादीहरूको बाहुल्य रहेको उक्त क्षेत्रमा राष्ट्रिय सेनाले केही दिनदेखि सुरक्षा कारबाही जारी राखेको छ। कारबाहीका क्रममा ५५ जनालाई हतियारसहित पक्राउ गरिएको सैनिक प्रवक्ता बर्नार्ड ओनिएकुले यहाँ आयोजित पत्रकार सम्मेलनमा बताए। 

आतंककारीको  अपहरणमा परेका ५२ जनालाई अपहरणमुक्त गरिएको जानकारी दिँदै उनले अतिवादी समूह बोको हरामका सशस्त्र सदस्यले उनीहरूलाई बन्दी बनाएका बताए। आज मारिएका र पक्राउ परेका सबै उक्त समूहका लडाकु हुन्। 

देशका विभिन्न भागमा हिंसात्मक गतिविधि गर्दै आएको बोको हराम समूहविरुद्ध सेनाले सशक्त अभियान सञ्चालन गर्दै आएको छ। सैनिक कारबाहीबीच उक्त समूहका केही सदस्यले सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण गरेका छन्।

प्रकाशित मिति: १२:३१ बजे, शुक्रबार, साउन २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्