Kathmandu Press

त्रिसठ्ठी स्थानीय तहले बजेट पेश गरेनन्

त्रिसठ्ठी स्थानीय तहले बजेट पेश गरेनन्

काठमाडौं, साउन २७ : देशका सात सय त्रिपन्न पालिकामध्ये हालसम्म ६३ स्थानीय तहले चालु आवको बजेट विवरण पेश गरेका छैनन्। 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बजेट प्रविष्ट गराएपछि चालु आवको कारोबार सुरु भएर भुक्तानी प्रक्रिया सुरु हुनेमा हालसम्म ६३ पालिकाले बजेट विवरण पेश नगरेको मन्त्रालयको स्थानीय तह समन्वय शाखाका प्रमुख रेशम कँडेलले जानकारी दिए । 

Hardik ivf

मन्त्रालयका अनुसार हालसम्म पनि बजेट विवरण प्रविष्ट नगरेका स्थानीय तहमध्ये सबैभन्दा बढी मधेश प्रदेशका ३९ स्थानीय तह छन् । मधेश प्रदेशमा कूल १३६ वटा पालिका छन् । मन्त्रालयका अनुसार हालसम्म बजेट  विवरण प्रविष्ट नगराएका  स्थानीय तहमध्ये प्रदेश नं १ मा तीन, बागमती प्रदेशमा चार, लम्बिनीमा दश, कर्णाली प्रदेशमा तीन र सुदूरपश्चिम प्रदेशमा चार स्थानीय तह छन्। 

गण्डकी प्रदेशका सबै पालिकाले बजेट विवरण प्रविष्ट गराइसकेका छन् । उक्त मन्त्रालयले बजेट प्रविष्ट गराएका स्थानीय तहलाई  चाँडै शीर्षकअनुसार मन्त्रालयको बजेट विवरण प्रविष्ट गर्न निर्देशन गरिसकिएको प्रवक्ता एवं सहसचिव वसन्त अधिकारीले जानकारी दिए। नियमत स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा ७१ को उपदफा (६) मा नगर÷गाउँसभाले असार मसान्तसम्म आगामी चालु आर्थिक वर्षको बजेट पारित गरिसक्नुपर्ने व्यवस्था छ।

स्थानीय तहको सभाबाट आर्थिक वर्ष २०७९÷८० को बजेट पारित भएको विवरण अनिवार्यरुपमा उक्त मन्त्रालयको पोर्टलमा प्रविष्ट गर्न बाँकी रहेका पालिककालाई पत्राचार गरिसकिएको हो।

प्रकाशित मिति: १२:२६ बजे, शुक्रबार, साउन २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्