Kathmandu Press

सुदूरपश्चिमका मुख्य बजारमा अनुगमनको अभाव

सुदूरपश्चिम, साउन २७ : सुदूरपश्चिमको मुख्य पर्व गौरा र हरितालिका तीज नजिकिएसँगै यहाँका मुख्य बजारमा किनमेलको भीड लाग्न थालेको छ ।  बजारका पसलको...
सुदूरपश्चिमका मुख्य बजारमा अनुगमनको अभाव
फाइल तस्बिर

सुदूरपश्चिम, साउन २७ : सुदूरपश्चिमको मुख्य पर्व गौरा र हरितालिका तीज नजिकिएसँगै यहाँका मुख्य बजारमा किनमेलको भीड लाग्न थालेको छ ।  बजारका पसलको अनुगमन  भने हुन सकेको छैन् । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा नियमित रुपमा प्रत्येक महिना अनुगमन गर्ने भनिए पनि दुई महिनासम्म पनि यहाँ अनुगमन हुन नसकेको हो।  

बजारमा अनियमिता हुन नदिने गर्ने उद्देश्यले गरिने अनुगमन  गत जेठ देखि हुनसकेको छैन् । चाडपर्व नजिकिएका बेलामासमेत  बजार अनुगमन नहुँदा कालोबजारी, म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरणसमेत हुने गरेको उपभोक्ताको  गुनासो छ। 

Hardik ivf

कालोबजारी, मूल्यवृद्धि, अखाद्य वस्तु बिक्रीवितरण बढ्दो रुपमा रहेको भए पनि सम्बन्धित निकायले बजार अनुगमनका लागि चासो नदेखाएको गुनासो उपभोक्ताको छ ।  उपभोक्ताको खाद्य अधिकारलाई सुनिश्चित् गर्न र कालोबजारी रोक्न नियमित रुपमा बजार अनुगमन गर्नुपर्ने दोगडाकेदार ३ श्रीकोटका हेमराज गिरीले माग गरे।

उनले भने,  ‘बजार अनुगमन नहुँदा कालोबजारी बढ्यो  । यसलाई नियन्त्रण गर्नुपर्छ ।  अनुगमनलाई औपचारिकताका लागि मात्रै नभइ प्रभावकारी रुपमा  गर्नु जरुरी छ ।’ जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी  खगेन्द्र भारतीले भने जिल्ला प्रशासन कार्यालयले भने केही दिनमै बजार अनुगमन सुरु गर्ने जानकारी दिए ।

उनले भने,.‘अब छिट्टै जिल्लाका सरोकारवाला सम्मेलित अनुगमन टोली बनाउछौँ, यसपछि जिल्लाका बजार अनुगमन हुन्छ।’ बजारमा म्याद गुज्रेका सामग्री बिक्री वितरण नहोउन्,  कालोबजारी हुन नपाओस् र महँगी नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमनको  गरिन्छ । यसबाट व्यापारी र उपभोक्ता दुवै सचेत हुन्छन् । 

साथै उपभोक्तालाई आफ्नो अधिकारको बारेमा जागरुक गराउँदछ भने व्यवसायीलाई पनि मिति हेरेर सामान किन्न प्रेरित गर्ने गर्दछ । समय समयमा अनुगमन गर्दा व्यापार व्यवसायमा अनुशासन कायम हुनेसमेत विश्वास गरिन्छ । गत वर्ष बजार अनुगमनबाट ४६ हजार ६८७ बराबरको म्याद नाघेको सामग्री बरामद गरी नष्ट गरिएको थियो ।

अनुगमनका क्रममा ३३ व्यवसायीमाथि कारबाही गरिएका थियो ।  उक्त कारबाहीबाट रु दुई लाख ४५ हजार जरिवाना असूल भएको प्रशासनले जनाएको छ । 

प्रकाशित मिति: ११:५३ बजे, शुक्रबार, साउन २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्