Kathmandu Press

सर्लाहीमा दुई हजार नयाँ उद्योग

सर्लाही, साउन २७ : घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीमा आर्थिक वर्ष २०७८/७९ मा दुई हजार एक सय ८७ नयाँ उद्योग दर्ता भएका छन्...
सर्लाहीमा दुई हजार नयाँ उद्योग
Hardik ivf

सर्लाही, साउन २७ : घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीमा आर्थिक वर्ष २०७८/७९ मा दुई हजार एक सय ८७ नयाँ उद्योग दर्ता भएका छन् । ती मध्ये एक हजार पाँच सय ४१ कृषिजन्य उद्योग दर्ता भएका छन्।

आव २०७८/७९ मा सेवामूलक चार सय १५, उत्पादनमूलक दुई सय ३१ र कृषिजन्य एक हजार पाँच सय ४१ उद्योग दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख  जीतेन्द्रकिशोर गुप्ताले जानकारी दिए। उनका अनुसार आव २०७७/७८ मा एक हजार नौ सय ४३ नयाँ उद्योग दर्ता भएका थिए।

आव २०७७/७८ मा आव २०७८/७९ को जस्तै सबैभन्दा बढी कृषि तथा वन्यजन्तुतर्फ एक हजार तीन सय २४ उद्योग दर्ता भएका थिए । सेवातर्फ चार सय ३० र उत्पादनतर्फ एक सय ८९ उद्योग दर्ता भएका कार्यालय प्रमुख गुप्ताले बताए। आव २०७८/७९ मा नयाँ र वाणिज्यतर्फ दर्ता भएका उद्योगबाट रु दुई करोड ९१ हजार राजस्व सङ्कलन भएको छ । जिल्लामा आव २०७८/७९ मा पाँच हजार चार सय ३० पुरुष र ३६ हजार ५० महिलाले रोजगारी पाएका कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: १०:५१ बजे, शुक्रबार, साउन २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्