Kathmandu Press

माधव नेपाललाई काेराेना संक्रमण

काठमाडाैं, साउन २७ : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ। बिहीबार गरिएको परीक्षणमा आफूलाई कोरोना संक्रमण...
माधव नेपाललाई काेराेना संक्रमण

काठमाडाैं, साउन २७ : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ। बिहीबार गरिएको परीक्षणमा आफूलाई कोरोना संक्रमण देखिएको उनले आफ्नो सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन्।

अध्यक्ष नेपालले फेसबुकमा लेखेका छन्, ‘स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको कुरा सबैमा सविनय अनुरोध छ।’

उनका अनुसार उनीमा कोरोनाको सामान्य लक्षण देखिएको छ। आफू घरमै आराम गरिरहेको पनि उनले जानकारी दिएका छन्।

प्रकाशित मिति: ०६:४७ बजे, शुक्रबार, साउन २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्