प्रचण्डले भेट्न पाएनन् प्रधानमन्त्री ओलीलाई
काठमाडौं, मंसिर १० : प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न शिक्षण अस्पताल महाराजगंज पुगेका नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अस्पताल भर्ना भएका प....
काठमाडौं, मंसिर १० : प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न शिक्षण अस्पताल महाराजगंज पुगेका नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पाएनन्।
मंगलबारसाँझ प्रधानमन्त्री ओलीलाई भेट्न महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका दाहालले चिकित्सकहरुले भेट्न नमिल्ने भन्दै स्वास्थ्य अवस्था जानकारी गराएका थिए।
स्रोतका अनुसार प्रधानमन्त्रीको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर उपचार भैरहकोले दाहाललाई भेट्न नदिइएको हो। प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिस फुटेर पेट र शरीरका अन्य भागमा समेत संक्रमण फैलिएपछि तत्काल आकस्मिक सल्यक्रिया गरिएको हो। अस्पतालले उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताएको छ।
बिहान साढे ९ बजे अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको साढे १० बजे शल्यक्रिया गरिएको थियो। एपेन्डिसाइटिस फुटेकाले उनको ल्यापेरोटोमी गरेर शल्यक्रिया गरिएको थियो।
ल्यापेरोटोमी पेट चिरेर त्यहाँ फैलिएको संक्रमण हटाउने तथा एपेन्डिसाइटिस फुट्दा अन्द्राहरूमा फैलिएको पिपलगायत दूषित पदार्थ सफा गर्न अपनाइएको उपचार विधि हो।
विशेषज्ञ चिकित्सकका अनुसार एपेन्डिसाइटिस फुटेर शरीरमा संक्रमण फैलिनु भनेको निकै गम्भीर अवस्था हो। एक स्वस्थ मानिसमा पनि यो अवस्था निकै जटिल मानिने गर्छ। यो अवस्थामा बिरामीको शरीरभरि नै संक्रमण फैलिएर मल्टिअर्गान फेलरको खतरा हुनसक्छ। प्रधानमन्त्री ओलीलाई शल्यक्रिया लगत्तैदेखि अहिलेसम्म भ्यान्टिलेटरमा राखिएको छ।






