Kathmandu Press

क्रिस्टल डायग्नोस्टिक र लायन्स क्लबबीच स्वास्थ्य सेवा छुट दिने सम्झौता

काठमाडौं, साउन २६ : सिनामंगलमा रहेको क्रिस्टल डायग्नोस्टिक सेन्टर र द इन्टरनेशनल एसोसिएसन अफ लायन्स क्लब ३२५ एफ बीच स्वास्थ्य सेवामा बिभिन्न छुट...
क्रिस्टल डायग्नोस्टिक र लायन्स क्लबबीच स्वास्थ्य सेवा छुट दिने सम्झौता

काठमाडौं, साउन २६ : सिनामंगलमा रहेको क्रिस्टल डायग्नोस्टिक सेन्टर र द इन्टरनेशनल एसोसिएसन अफ लायन्स क्लब ३२५ एफ बीच स्वास्थ्य सेवामा बिभिन्न छुट दिने समझदारी भएको छ । 

क्रिस्टल डायग्नोस्टिकका अनुसार एमडी ३२५ अन्तर्गत रहेका १८ वटा लायन्स क्लबहरुको संयुक्त कार्यक्रम बिच स्वास्थ्य सेवा प्रवाहमा विषयमा दुई पक्षबीच सझदारी पत्रमा हस्ताक्षर भएको हो ।

Hardik ivf

समझदारी अनुसार सम्पूर्ण लायन्स सदस्यहरुलाई ल्याब परिक्षणमा २५ प्रतिशत छुट, मोलिक्युलर परिक्षणमा २० प्रतिशत, एक्स रे सेवामा २० प्रतिशत, इसिजि २०५ पल्मोनरी फङ्सन परिक्षण २०५, इन्डोस्कोपी कोलोनेस्कोपी २० प्रतिशत र अल्ट्रासाउण्ड इकोमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । उक्त सम्झौता पत्रमा लायन्सका तर्फबाट लायन गभर्नर डा राजेन्द्र गिरी र क्रिस्टल डायग्नोस्टिकले हस्ताक्षर गरेका छन्।

कार्यक्रममा क्रिस्टल डायग्नोस्टिक सेन्टरका मेडिकल डाइरेक्टर डा पर्शुराम घिमिरेले लायन्स सदस्यले सिफारीस गरेर पठाएका बिरामीहरुलाई विशेष छुट दिने जानकारी दिए  । ‘हामी सेवा गर्छौं’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै पूर्व प्रधानमन्त्री स्व. मातृकाप्रसाद कोईरालाको नेतृत्वमा सन १९७१ अगस्ट ९ मा नेपालमा पहिलो पटक विराटनगरमा लायन्स क्लब अफ विराटनगरको स्थापना गरी ५२ वर्ष अगाडि नेपालमा लायन्सको सुरुवात गरेका थिए ।

लायन्स क्लब अफ काठमाडौं वेलकेयर र क्रिस्टल डायग्नोस्टिकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यक्रम एवं समाजसेवाको कार्यम गर्र्दै आएको छ ।

प्रकाशित मिति: १८:५५ बजे, बिहीबार, साउन २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्