माकुरा पनि मान्छेझैं निदाउँछन् !
न्युयोर्क, साउन २६ : यो एउटा जिज्ञासा हो जसले केही वैज्ञानिलाई रातभर जागा राख्छ- के माकुराहरू निदाउँछन्? डानिएला रोस्लर र उनका सहकर्मीहरूले माकुराका...
न्युयोर्क, साउन २६ : यो एउटा जिज्ञासा हो जसले केही वैज्ञानिलाई रातभर जागा राख्छ- के माकुराहरू निदाउँछन्? डानिएला रोस्लर र उनका सहकर्मीहरूले माकुराका साना बच्चामा गरेको अनुसन्धानबाट माकुरा पनि मानवजस्तै केही क्षण निदाउने गरेको पत्ता लागेको छ।
भिडियो क्यामराको सहयोगमा गरिएको अनुसन्धानले निद्राको चक्रमा जस्तै माकुराका आँखा झिलमिल भएका र त्यसलाई निद्राको एक चरणका रूपमा वर्णन गरेको छ। आँखाका भागमा देखिएको झिलिमिलीयुक्त त्यस्तो ढाँचालाई निद्राको सक्रिय चरण भएको निष्कर्षमा डानिएला र उनको टोली पुगेको छ। त्यसलाई मानवको निद्राजस्तै भएको उनीहरूले बताएका छन्। उज्यालो देखिनुको सम्बन्ध सपनासँग रहेको उनीहरूको निचोड छ।
अनुसन्धानबाट केही चरा र स्तनपायीसहित अन्य जनावरले निद्राको अनुभव गरेका देखाइएको छ यद्यपि माकुराले पनि त्यस्तै प्रकृतिको निद्रा अनुभव गरेनगरेको यकिनका साथ भन्न नसकिने जर्मनीको जर्मनीको कन्स्टान्ज विश्वविद्यालयका विकासवादी जीव वैज्ञानिक रोस्लरले बताएका छन्। अनुसन्धानको निष्कर्ष प्रसिडिङ्स अफ साइन्सेज जर्नलमा छापिएको छ।
प्रयोगशालाको कन्टेनरमा राति रेशमको धागोमा माकुरा झुण्डिएका फेलापरेपछि निद्राको प्रश्नमा केही समाधान भेटिएको डानिएला बताउँछिन्। कुकुर वा बिरालाले झै घुँडा टेकेर सुतेको स्पष्ट देखिए पनि निद्राको चक्र मानव र माकुरामा समान भएको उनको ठहर छ।
माकुराको निद्राको चक्र अन्य जीवसँग तुलाना गर्न कठिन हुने उनको कथन छ। हार्वर्ड विश्वविद्यालयका विकासवादी जीव वैज्ञानिक पनि डानिएलाको भनाइप्रति सहमत छन्।








![रमिला र खुमनले ल्याए तीज गीत ‘जम्छ माया विस्तारै’ [भिडियोसहित]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1786623521.jpg)


