Kathmandu Press

अब वैकल्पिक शक्तिलाई छान्नुस् : उपप्रधानमन्त्री यादव

भक्तपुर, मंसिर १० : उपप्रधानमन्त्री एवं कानून तथा न्यायमन्त्री उपेन्द्र यादवले उपनिर्वाचनमा वैकल्पिक शक्तिका रूपमा उदाएको समाजवादी पार्टीका उम्मेदवारल....

अब वैकल्पिक शक्तिलाई छान्नुस् : उपप्रधानमन्त्री यादव
फाइल

भक्तपुर, मंसिर १० : उपप्रधानमन्त्री एवं कानून तथा न्यायमन्त्री उपेन्द्र यादवले उपनिर्वाचनमा वैकल्पिक शक्तिका रूपमा उदाएको समाजवादी पार्टीका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन्। 

भक्तपुरको कमल विनायकमा मंगलबार आयोजना गरिएको चुनावीसभामा समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादवले जनताले सधैँ नेकपा र कांग्रेसलाई मात्रै नभई वैकल्पिक शक्तिलाई पनि विश्वास गर्नुपर्ने बताए।  

जनताले नेपाल कम्युनिष्ट पार्टी र कांग्रेसको शासन सत्ताको नेतृत्व भोगिसकेको बताउँदै उनले जनताले समाजवादी पार्टीलाई विश्वास गरे देश र जनताको पक्षमा काम गर्ने बताए।  उपप्रधानमन्त्री यादवले राजनीतिक, साङ्गठनिक र व्यावहारिकरूपमा पनि यो पार्टी वैकल्पिक शक्तिकै रूपमा आएको बताए। 

प्रकाशित मिति: १८:५५ बजे, मंगलबार, मंसिर १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्