Kathmandu Press

अलिबाबाले बर्खास्त गर्‍यो १० हजार कर्मचारी

बेइजिङ, साउन २६ : विद्युतीय व्यापार (इकमर्स ) गर्ने चिनियाँ कम्पनी अलिबाबाले तीन महिनाका अवधिमा १० हजार कर्मचारीलाई बर्खास्त गरेको छ।आफ्नो आम्दानीमा ५० प्रतिशतले...
अलिबाबाले बर्खास्त गर्‍यो १० हजार कर्मचारी

बेइजिङ, साउन २६ : विद्युतीय व्यापार (इकमर्स ) गर्ने चिनियाँ कम्पनी अलिबाबाले तीन महिनाका अवधिमा १० हजार कर्मचारीलाई बर्खास्त गरेको छ।

आफ्नो आम्दानीमा ५० प्रतिशतले गिरावट आएपछि ठूलो सङ्ख्यामा कर्मचारी बर्खास्त गरेको विभिन्न सञ्चार माध्यमले जनाएका छन्। 

देशको अर्थतन्त्रमा आएको मन्दीसँगै व्यापारमा कमी आएपछि खर्च कटौती गर्ने प्रयासमा कर्मचारी निकालिएका हुन्। सन् १९९९ मा स्थापना भएको अलिबाबाको गत जुनमा सार्वजनिक भएको त्रैमासिक वित्तविरणअनुसार खुद आम्दानी २२.७४ अर्ब युआन कायम भएको थियो। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको आय ४५.१४ अर्ब युआन थियो। 

सन् २०१५ मा डानियल झाङ कम्पनीको प्रमुख कार्यकारी अधिकृत र २०१९ मा अध्यक्ष बनेपछि अलिबाबामा व्यापक फेरबदल भएको थियो।

त्यसै वर्षको जुलाइमा कम्पनीले हङकङमा प्राथमिक सूचीकरणका निम्ति आवेदन गर्ने घोषणा गरेसँगै मुख्यभूमि चीनका लगानीकर्ताले पूँजी परिचालनको अवसर पाएका थिए। न्युयार्क स्टक एक्सचेञ्जमा समेत सूचीकरण भएको पहिलो ठूलो कम्पनी बन्न अलिबाबा सफल भएको थियो।

प्रकाशित मिति: १६:०१ बजे, बिहीबार, साउन २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्