Kathmandu Press

पाकिस्तानमा भएकाे सडक दुर्घटनामा तीनको मृत्यु, १० घाइते

इस्लामावाद, साउन २६ : पाकिस्तानको दक्षिणी प्रान्त सिन्धको खैरपुर जिल्लामा बिहीबार ट्रक र भ्यान एक आपसमा ठोक्किँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै...
पाकिस्तानमा भएकाे सडक दुर्घटनामा तीनको मृत्यु, १० घाइते

इस्लामावाद, साउन २६ : पाकिस्तानको दक्षिणी प्रान्त सिन्धको खैरपुर जिल्लामा बिहीबार ट्रक र भ्यान एक आपसमा ठोक्किँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य १० जना घाइते भएका छन्।

मेहरान राष्ट्रिय राजमार्गमा दिउँसो ट्रकले भ्यानलाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।  दुर्घटनापछि उद्धार टोली घटनास्थलमा पुगेर घाइतेहरुलाई अस्पताल पुर्याएको  जनाइएको छ।

दुर्घटनाग्रस्त भ्यान सिन्धको राजधानी कराँचीबाट खैरपुर जाँदै गरेको बताइएको छ।  पाकिस्तानमा खराब मर्मत गरिएका सवारी साधनहरू, जीर्ण सडकहरू र सडक सुरक्षा उपायहरूको लापरवाहीका कारण प्रायः सडक दुर्घटनाहरू  हुने गरेको पाइन्छ। 

प्रकाशित मिति: १४:२६ बजे, बिहीबार, साउन २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्