Kathmandu Press

क्यानडामा मंकीपक्सका विरामीको सङ्ख्या हजारभन्दा बढी

ओटावा, साउन २६ : क्यानडामा मंकीपक्सका विरामीहरुको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ।क्यानडाको सार्वजनिक स्वास्थ्य सम्वन्धी निकायले अहिलेसम्म एक हजार आठ जना मंकीपक्सका...
क्यानडामा मंकीपक्सका विरामीको सङ्ख्या हजारभन्दा बढी

ओटावा, साउन २६ : क्यानडामा मंकीपक्सका विरामीहरुको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ।

क्यानडाको सार्वजनिक स्वास्थ्य सम्वन्धी निकायले अहिलेसम्म एक हजार आठ जना मंकीपक्सका विरामी भएका हुन्। 

ती मध्ये सबैभन्दा धेरै ओन्तारियोमा देखिएको छ। ओन्तारियोमा अहिलेसम्म ४९७ जनामा मंकीपक्स पुष्टि भएको छ।

त्यसैगरी क्वेबेसमा ४२५ जना, ब्रिटिक कोलम्बीयामा ८५ जना र अल्बेर्तामा १६ जना मंकीपक्सबाट विरामी भएका छन्। 

मंकीपक्सका विरामीहरु दैनिक रुपमा बढ्दै गएकाले प्रदेश अनुसारको सङ्ख्या पनि परिवर्तन हुने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १४:२२ बजे, बिहीबार, साउन २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्