Kathmandu Press

बझाङमा विद्यालयमा विद्यार्थी बेहोस हुने समस्या

बझाङमा विद्यालयमा विद्यार्थी बेहोस हुने समस्या

बझाङ, साउन २६ : स्थानीय बित्थडचीर गाउँपालिका–१ मा रहेको केदार माध्यमिक विद्यालयका छात्रा बेहोस हुन थालेका छन् । आइतबार सात छात्रा बेहोस भएकामा सोमबार सात र मङ्गलबार दुई छात्रा बेहोस भएका हुन्।

उनीहरुको दुई घण्टापछि होस आएको विद्यालयका प्रधानाध्यापक विष्णु सिंह बोहराले बताए। उनले भने,  ‘विद्यार्थी एक पछि अर्को हुँदै बेहोस भए । पहिलो दिन एकजना बेहोस भएपछि लगातार अरु पनि बेहोस हुनथाले।’ बेहोस् भएका सबैलाई घर पठाएर  दोस्रो दिन स्वास्थ्यचौकीमा जाँच गराइएको उनले बताए। बेहोस भएका छात्रामा नबोल्ने तथा इशाराले घाँटी च्यापिएको बताउने, काँप्ने, बर्बराउनेजस्ता लक्षण देखा परेका छन्।

Hardik ivf

विद्यार्थीमा बेहोस हुने समस्या देखिएपछि सोमबार देउलेक प्राथमिक स्वास्थ्य केन्द्रबाट चिकित्सक बोलाइएको थियो । उनीहरुमा मासहिस्टेरिया भएको डा ईश्वर बलामीले बताए। उनले भने,‘सबैभन्दा पहिला समस्या देखिएका छात्रामा केही समस्या हुनसक्छ । त्यसको जाँच गर्नुपर्छ । यो समस्याका लागि आइसोलेशनमा बस्नुपर्छ । सबै छात्रा एकै ठाउँमा भएमा धेरैलाई समस्या हुनसक्ने भएकाले केहीदिन छुट्टाछु्ट्टै राख्नुपर्छ।’

चिन्ता तथा डरका कारण पनि त्यस्तो समस्या आउने गरेको चिकित्सक बलामीले बताए। एक जनामा समस्या भएपछि सरुवा रोग जस्तै अरुमासमेत यस्तो समस्या आउने र यस्ता छात्रालाई अन्य स्वास्थ्य समस्या देखिएमा अस्पताल पु¥याउन पर्नेमा उनले जोड दिए।  बिरामी परेकालाई केही दिन बिदामा घर बस्न सुझाव दिए पनि विद्यालयमा भने बिदा नदिइएको तर विभिन्न सञ्चार माध्यममा विद्यालय एक हप्तासम्म बन्द भएको भनेर भ्रमित समाचार सम्प्रेशण भएकामा विद्ययालयले  आपत्ति जनाएको छ।  

प्रकाशित मिति: १४:१५ बजे, बिहीबार, साउन २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्