Kathmandu Press

ब्राउनसुगर सहित चार भारतीय नागरिक पक्राउ

झापा, साउन २६ : झापाको छुट्टाछुट्टै तीन स्थानबाट लागुऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।  भद्रपुरबाट एक भारतीय नागरिक, बिर्तामोडमा एक र दमकबाट...
ब्राउनसुगर सहित चार भारतीय नागरिक पक्राउ

झापा, साउन २६ : झापाको छुट्टाछुट्टै तीन स्थानबाट लागुऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।  

भद्रपुरबाट एक भारतीय नागरिक, बिर्तामोडमा एक र दमकबाट दुई जनालाई बुधबार ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए।

Hardik ivf

प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–३ झोलुङ्गे पुलबाट भारतबाट नेपालतर्फ आउँदै गरेका भारत पश्चिम बङ्गाल दार्जिलिङ थाना खुरीबारी भेलकोजोतका ४२ वर्षीय निखिल विश्वासलाई तीन ग्राम ८०० मिलीग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ।

त्यसैगरी बुधबार बेलुका ७ बजे लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–२ स्थित चारपानेबाट सोही स्थानका ३६ वर्षीय बद्री राजवंशीलाई तीन ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ।

यस्तै बुधबार राति ८ बजे दमक नगरपालिका–९ स्थित इटाभट्टाबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले २५ ग्राम ब्राउनसुगर र नगद रु १० हजारसहित दुई जनालाई पक्राउ गरेको थियो।

को२९प २२३४ नंको मोटरसाइकलमा सवार गौरादह नगरपालिका–१ का ३३ वर्षीय भीमबहादुर श्रेष्ठ र ३२ वर्षीय मोहन सिलवाललाई ब्राउनसुगरसहित पक्राउ गरिएको हो। ब्राउनसुगरसहित पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४:०० बजे, बिहीबार, साउन २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्