Kathmandu Press

रोल्पामा थपिए एक हजार ९५३ नयाँ मतदाता

रोल्पा, साउन २६ : रोल्पामा एकहजार ९५३ नयाँ मतदाता थपिएका छन् । आगामी मङ्सिर ४ गतेहुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन...
रोल्पामा थपिए एक हजार ९५३ नयाँ मतदाता
Hardik ivf

रोल्पा, साउन २६ : रोल्पामा एकहजार ९५३ नयाँ मतदाता थपिएका छन् । आगामी मङ्सिर ४ गतेहुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले सुरुआत गरेको मतदाता नामावली सङ्कलनको क्रममा जिल्लामा ती नयाँ मतदाता थपिएका हुन्।
 
निर्वाचन आयोगले गत आसार १ गते देखि तीनस्थानबाट मतदाता नामावली सङ्कलन सुरु गरेको थियो । जिल्लाको पश्चिमी र उत्तरी भेगका मतदाताका लागि इलाका प्रशासन कार्यालय घर्तीगाउँ, लिवाङस्थित जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावली सङ्कलनको काम भएको थियोे निर्वाचान कार्यालय रोल्पाका सूचना अधिकारी लभलाइट वलीले बताए।

उनले भने ‘मतदाता नामावलीमा दोहोरोपना नहोस भनेर काम गरिरहेका छौँ ।’ जिल्लाको कूल मतदाता सङ्ख्या एक लाख ५२ हजार २३ मतदाता रहेको थियो । सो कार्यालयका अनुसार नयाँ मतदाता थपिनु अघि ती मतदातामध्ये यस अवधिमा चार हजार १० मतदाताको मृत्यु भइसकेको छ। 

प्रकाशित मिति: १३:४८ बजे, बिहीबार, साउन २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्