Kathmandu Press

एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु

हेटौंडा, साउन २६ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मकवानपुरको मनहरीमा एम्बुलेन्सले ठक्कर दिँदा पैदल यात्रीको मृत्यू...
एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु

हेटौंडा, साउन २६ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

मकवानपुरको मनहरीमा एम्बुलेन्सले ठक्कर दिँदा आज (बिहीबार) बिहान १० बजे पैदल हिँडिरहेकी महिलाको मृत्यु भएको हो।

Hardik ivf

मनहरी गाउँपालिका–९ को खराङमा हेटौंडाबाट मनहरी जाँदै गरेको ना२च ४१६१ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा ५२ वर्षीया नमुना शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

शेर्पा संखुवासभाबाट मनहरीस्थित छोरीको घर आएकी र एम्बुलेन्सले ठक्करका कारण मृत्यु भएको प्रहरीको भनाइ छ।

ठक्कर दिने एम्बुलेन्स प्रहरी नियन्त्रणमा छ। शव पोस्टमोर्टमका लागि हेटौंडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३:०८ बजे, बिहीबार, साउन २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्