इथियोपियाको टिगरेमा चार हजारभन्दा बढी ट्रकद्वारा मानवीय सहायता आपूर्ति
आदिस अबाबा, साउन २६ : इथियोपियाको समस्याग्रस्त क्षेत्र टिगरेमा संयुक्त राष्ट्रसङ्घसहित अन्य दाताहरुले गरेको सहयोग चार हजार सात सय ६५ वटा ट्रकले पुर्याएका...
आदिस अबाबा, साउन २६ : इथियोपियाको समस्याग्रस्त क्षेत्र टिगरेमा संयुक्त राष्ट्रसङ्घसहित अन्य दाताहरुले गरेको सहयोग चार हजार सात सय ६५ वटा ट्रकले पुर्याएका छन्।
गएको अप्रिलयता यो सहयोग उक्त क्षेत्रमा प्रवेश गरेको संयुक्त राष्ट्रसङ्घीय एजेन्सी, युएनएचसिआरले जनाएको छ।
शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्च आयुक्तको कार्यालयले बुधबार सो कुराको जानकारी दिएको हो। इथियोयिाको द्वन्द्वग्रस्त टिगरे क्षेत्रमा केही वर्षयतादेखि नै खाद्यान्न लगायतको मानवीय सहयताको नै समस्या पर्ने गरेको छ।
द्वन्द्व तथा खडेरीले यहाँ खाद्यान्न उत्पादन हुन छोडेको छ। यसका कारण यहाँका नागरिकलाई औषधि, पानी मात्र नभएर खाद्यान्नकै समस्या पर्ने गरेको सो निकायले जनाएको छ।
साथै अहिले पनि सो क्षेत्रमा मानवीय सहायताको आपूर्तिको व्यवस्था भइरहेको भन्दै उक्त एजेन्सीले आवश्यक सहयोगका लागि आग्रह पनि गरेको छ।
सो एजेन्सीको सहयोगमा ६० वटा ट्रकमा सहयता सामग्री पठाइएको पनि एजेन्सीले जनाएको छ। उक्त टिगरे क्षेत्रका विद्रोहीहरुले सुरुमा विदेशी सहायता एजेन्सीहरुलाई राहत प्रदान गर्न जान पनि दिएका थिएनन्।
अहिले संयुक्त राष्टसंघको आह्वानमा सहायता पुर्याउने गरिएको सो एजेन्सीले जनाएको छ।












