Kathmandu Press

उपत्यकामा एकैदिन ३६५ सवारी चालक कारवाहीमा 

काठमाडौं, साउन २६ : काठमाडौं उपत्यकामा एकैदिन २६५ जना सवारी चालक कारवाहीमा परेका छन् । बुधबार ट्राफिक प्रहरीले गरेको विशेष चेकिङका क्रममा ढुवानीका सवारी...
उपत्यकामा एकैदिन ३६५ सवारी चालक कारवाहीमा 

काठमाडौं, साउन २६ : काठमाडौं उपत्यकामा एकैदिन २६५ जना सवारी चालक कारवाहीमा परेका छन् । बुधबार ट्राफिक प्रहरीले गरेको विशेष चेकिङका क्रममा ढुवानीका सवारी साधन देखि एम्बुलेन्स र ट्याक्सी चालक कारवाहीमा परेका हुन् । 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार बुधबार ९३ वटा पानी बोक्ने  सवारी साधन, मिटरमा जान नमान्ने ३४ वटा ट्याक्सी, पाँच एम्बुलेन्स, एक प्रेसको सवारी साधन र अन्य १३२ गरी २६५  सवारी साधनका चालकमाथि कारवाही गरिएको हो । 

 जसमध्ये मदिरा पिएर पानी बोक्ने सवारी साधन चलाउने ३ जना चालकलाई समेत कारबाही गरिएको छ । एयरपोर्ट भित्रिने  तथा बाहिरिने ट्यासीहरु मिटरमा जान नमान्ने जनगुनासो बढेकोले नियम विपरित चल्ने ट्याक्सीहरुलाई विशेष अभियानकै रुपमा कार्वाही गर्न थालिएको प्रवक्ता भट्टले जानकारी दिए। 
 

प्रकाशित मिति: १२:४३ बजे, बिहीबार, साउन २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्