प्रजातान्त्रिक विचार समाजका अध्यक्षमा दाहाल
झापा, साउन २६ : प्रजातान्त्रिक विचार समाजको झापा जिल्ला अध्यक्षमा चिन्तामणि दाहाल चयन भएका छन्।समाजको बुधबार सम्पन्न तेस्रो अधिवेशनले उपाध्यक्षमा नारायणप्रसाद पौडेल, सचिवमा...
झापा, साउन २६ : प्रजातान्त्रिक विचार समाजको झापा जिल्ला अध्यक्षमा चिन्तामणि दाहाल चयन भएका छन्।
समाजको बुधबार सम्पन्न तेस्रो अधिवेशनले उपाध्यक्षमा नारायणप्रसाद पौडेल, सचिवमा भरत प्रसाईँ, सहसचिवमा धनकुमारी खरेल र कोषाध्यक्षमा मन्जु सिटौला पोखरेल लाई सर्वसम्मतरूपमा चयन गरेको हो।
यसैगरी सदस्यमा केशव काफ्ले, बडाराम हेमरम, सन्तोष प्रसाईं, यज्ञलक्ष्मी चौलागाईं, राजेन्द्र दाहाल, देवीप्रसाद आचार्य, प्रकाश भण्डारी, गणेश गिरी, ज्ञानेन्द्र निरौला र शम्भु थापामगर पनि सर्वसम्मत चुनिएका छन्।
समाजको आगामी भदौ २३ र २४ गते विराटनगरमा केन्द्रीय अधिवेशन हुने जनाइएको छ।
प्रकाशित मिति: १२:१८ बजे, बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![रमिला र खुमनले ल्याए तीज गीत ‘जम्छ माया विस्तारै’ [भिडियोसहित]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1786623521.jpg)


