Kathmandu Press

तीन वर्षभित्र चीनबाट पाइपलाइनमार्फत तेल ल्याउँछौं : मन्त्री भट्ट

काठमाडौं,  मंसिर १० : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आगामी तीन वर्षभित्र चीनबाट पाइपलाइनमार्फत नेपालमा तेल ल्याउने दाबी गर....

तीन वर्षभित्र चीनबाट पाइपलाइनमार्फत तेल ल्याउँछौं : मन्त्री भट्ट

काठमाडौं,  मंसिर १० : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आगामी तीन वर्षभित्र चीनबाट पाइपलाइनमार्फत नेपालमा तेल ल्याउने दाबी गरेका छन्।

काठमाडौंमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टले मुलुकमा औद्योगिक वातावरण बनाउँदै कुल ग्राहस्थ उत्पादनमा अहिलेको भन्दा दोब्बर योगदान पुर्‍याउने गरी आफूले काम गर्ने बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई पूरा गर्नको लागि आफू सक्रिय भएर लाग्ने बताए। उनले भने,‘यो नारामा ठूलो कुरा लुकेको छ, हामी यसलाई साकार पार्न दत्तचित्त भएर लागिरहेका छौं। जबसम्म जनता सुखी हुँदैनन्, तबसम्म मुलुक समृद्ध हुँदैनन्। मुलुक समृद्ध नभएसम्म फेरि जनता सुखी हुँदैनन्। यसमा द्वन्द्वात्मक सम्बन्ध छ।’

उनले अहिले सञ्चालनमा रहेका केही सरकारी रुग्ण उद्योगहरुलाई गतिका साथ सञ्चालनमा ल्याउने तयारीमा आफूहरु लागेको बताए। ‘सरकारी उद्योगहरुले मुनाफा हासिल गर्न सकेका छैनन्। अब यसलाई मुनाफातर्फ लैजान हामी छलफल गरिरहेका छौं,’उनले भने। 

निजी क्षेत्रका लागि औद्योगीकरणको वातावरण बनाउनको लागि आफूले आवश्यक पहल गरिरहेको मन्त्री भट्टले बताए। उनले भने,‘औद्योगीकरणका लागि वातावरण बनाउन आवश्यक पहल भइरहेको छ। कतिपय ऐन, कानूनहरु बनिसकेका छन् । कतिपय कार्यविधिहरु बन्ने प्रक्रियामा छन्।’ 
 

प्रकाशित मिति: १७:०९ बजे, मंगलबार, मंसिर १०, २०७६