प्रतितोला ५ सयले घट्यो सुनको मूल्य
काठमाडाैं, साउन २६ : सुन चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु पाँच सयले घटेर रु. ९६ हजार छ सय तोकिएको छ।...
काठमाडाैं, साउन २६ : सुन चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु पाँच सयले घटेर रु. ९६ हजार छ सय तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. ९७ हजार एक सयमा कारोबार भएको थियो।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९६ हजार एक सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९६ हजार छ सय थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु. पाँचले घटेर रु. एक हजार दुई सय २५ तोकिएकोे छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।
प्रकाशित मिति: १२:०७ बजे, बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1786430634.png)










