Kathmandu Press

जापानमा एकै दिन थपिए २ लाख ५० हजार सङ्क्रमित, २५१ जनाको मृत्यु

टाेकियाे, साउन २६ : जापानमा पछिल्लो समयमा कोरोना भाइरसको सङक्रमण थप बढ्दै गएको देखिएको छ। यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ एकै दिनमा दुई...
जापानमा एकै दिन थपिए २ लाख ५० हजार सङ्क्रमित, २५१ जनाको मृत्यु

टाेकियाे, साउन २६ : जापानमा पछिल्लो समयमा कोरोना भाइरसको सङक्रमण थप बढ्दै गएको देखिएको छ। यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ एकै दिनमा दुई लाख ५० हजार चार सय तीन  जनामा यो सङ्क्रमण देखिएको छ।

जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ बुधबार मात्र यतिधेरै सङ्क्रमित पाइएका हुन्। यही अगष्ट ३ पछि यहाँ सबैभन्दा धेरै सङ्क्रमित देखिएका हुन्।

अगष्ट ३ तारिखमा दुई लाख ४९ हजार ८३० जना सङ्क्रमित देखिएका थिए। सो सङ्ख्या निकै समयपछिको सबैभन्दा धेरै थियो।

यहाँ कारोना भाइरसको नयाँ उपप्रजाति ‘बिए-५’ थप दू्रत गतिमा फैलिएको बताइएको छ। उक्त प्रजाति अन्य प्रजातिहरुका तुलनामा यो उपप्रजाति दू्रत गतिमा फैलिने प्रकृतिको रहेको पनि ती अधिकारीहरुले जनाएका छन्।

यहाँका स्वास्थ्य अधिकारीहरुले बुधबार नै दुई सय ५१ जनाको ज्यान गएको पनि बताएका छन्। यहाँ पछिल्लो समयमा गम्भीर प्रकृतिका सङ्क्रमितको सङ्ख्या पनि बढ्न थालेको पाइएको समाचारमा जनाइएको छ।

जापानका ४७ मध्येका २० प्रान्तमा पछिल्लो समयमा धेरै सङ्क्रमितहरु भेटिन थालेका पनि समाचारमा जनाइएको छ। तीमध्ये धेरै राजधानी टोकियोमा नै पाइएको बताइएको छ।

प्रकाशित मिति: १२:०५ बजे, बिहीबार, साउन २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्