वरिष्ठ पत्रकार कसजूको निधन
काठमाडौं, मंसिर १० : वरिष्ठ पत्रकार विनय कसजूको निधन भएको छ।
निमोनिया, उच्च रक्तचाप र मधुमेहजस्ता रोगबाट पीडित कसजूको मंगलबार ७३ वर्षको....

काठमाडौं, मंसिर १० : वरिष्ठ पत्रकार विनय कसजूको निधन भएको छ।
निमोनिया, उच्च रक्तचाप र मधुमेहजस्ता रोगबाट पीडित कसजूको मंगलबार ७३ वर्षको उमेरमा निधन भएको हो।
‘सूचना, सञ्चार र ज्ञानमार्फत् जनतालाई सबल बनाउने’ अभियानका एक जना अगुवा थिए कसजू । उनले बालसाहित्य र नाटक पनि लेखेका छन्। सामुदायिक सञ्चारमाध्यमको विकासमा योगदान गरेका कसजूले सूचना प्रविधि र पत्रकारिताका विषयमा प्रशिक्षण पनि दिने गर्थे।
उनी राष्ट्रिय सूचना आयोगका प्रथम प्रमुख सूचना आयुक्त थिए कसजू। उनले आम सञ्चार र पत्रकारिताका पुस्तक पनि लेखेका छन् । उनले अंग्रेजी र नेपाली भाषामा बाल साहित्यका दर्जनौँ पुस्तक पनि लेखेका छन्।
सूचनाको हक, प्रेस र अभिव्यक्तिको स्वतन्त्रताको वकालत गर्दै आएका उनी ०६५ सालदेखि ०७० सालसम्म सूचना आयोगका प्रमुख आयुक्त भएका थिए। उनी प्रेस काउन्सिलका सल्लाहकार पनि थिए।











