Kathmandu Press

श्रीलङ्कामा मङ्कीपक्सको परीक्षण सुरू

काेलम्बाे, साउन २५ : श्रीलङ्का स्वास्थ्य विज्ञहरूले आफ्ना नागरिकमा मङ्कीपक्स सङ्क्रमण भए नभएको पत्ता लगाउन परीक्षण सुरु गरेको स्वास्थ्य मन्त्रालयका अधिकारीले बुधबार बताएका...
श्रीलङ्कामा मङ्कीपक्सको परीक्षण सुरू

काेलम्बाे, साउन २५ : श्रीलङ्का स्वास्थ्य विज्ञहरूले आफ्ना नागरिकमा मङ्कीपक्स सङ्क्रमण भए नभएको पत्ता लगाउन परीक्षण सुरु गरेको स्वास्थ्य मन्त्रालयका अधिकारीले बुधबार बताएका छन्।

ती अधिकारीले सिन्ह्वालाई बताएअनुसार विश्व स्वास्थ्य संगठनले उक्त प्रयोजनका लागि परीक्षण किट उपलब्ध गराएपछि स्वास्थ्य मन्त्रालयले परीक्षण गर्न थालेको हो।

परीक्षण राजधानी कोलम्बो र केन्द्रीय शहर क्यान्डीमा गरिएको थियो।

स्वास्थ्य मन्त्रालयले मङ्कीपक्सको कुनै पनि सङ्क्रमण पहिचान गर्न र पुष्टि बाँकी रहेको जनाएको छ।

विश्व स्वास्थ्य संगठनले गत महिना आधिकारिक रूपमा घोषणा गरेअनुसार अफ्रिका क्षेत्रभन्दा बाहिर हालको बहु–देशीय मङ्कीपक्स प्रकोप अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकालमा परिणत भएको जनाएको छ। 

प्रकाशित मिति: २०:३३ बजे, बुधबार, साउन २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्