Kathmandu Press

सुदूरपश्चिमका ९४ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिम, साउन २५ : सुदूरपश्चिम प्रदेशमा एकैदिन ९४ जनामा कोरोना सङ्क्रमण देखिएको छ। गएको २४ घण्टामा एक हजार एकसय सात जनाको परीक्षण गर्दा...
सुदूरपश्चिमका ९४ जनामा कोरोना सङ्क्रमण
Hardik ivf

सुदूरपश्चिम, साउन २५ : सुदूरपश्चिम प्रदेशमा एकैदिन ९४ जनामा कोरोना सङ्क्रमण देखिएको छ। गएको २४ घण्टामा एक हजार एकसय सात जनाको परीक्षण गर्दा ९४ जनामा सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।  

सङ्क्रमण देखिनेमा सबैभन्दा बढी कञ्चनपुरका ५७, कैलालीका ३३, डडेल्धुराका दुई, बैतडीका एक र दार्चुलाका एकजना रहेका छन्। तीमध्ये भारतबाट फर्किएका २१ जनामा सङ्क्रमण पुष्टि भएको हो। गौरीफन्टा नाकाबाट १२, गड्डाचौकी नाकाबाट फर्किएका सात, पुलघाट नाकाबाट एक र झुलाघाट नाकाबाट फर्किएका एक जनामा सङ्क्रमण देखिएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।

सुदूरपश्चिममा हालसम्म पाँच लाख ६६ हजार आठ सय ९९ जनाको कोरोना परीक्षण गरिएकामा ६० हजार छ सय पाँच जनामा सङ्क्रमण देखिएको छ। सङ्क्रमणका कारण हालसम्म छ सय ३४ जनाको ज्यान गइसकेको छ।

प्रकाशित मिति: १९:४६ बजे, बुधबार, साउन २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्