Kathmandu Press

अनिल परियारको हत्याका दुई आरोपी कारागार चलान

चितवन, साउन २५ : भरतपुर महानगरपालिका–७ कृष्णपुरमा धारिलो हतियार प्रहार गरी हत्या गरिएका अनिल परियारको घटनामा संलग्न रहेको आरोपमा दुई जना पुर्पक्षका लागि...
अनिल परियारको हत्याका दुई आरोपी कारागार चलान

चितवन, साउन २५ : भरतपुर महानगरपालिका–७ कृष्णपुरमा धारिलो हतियार प्रहार गरी हत्या गरिएका अनिल परियारको घटनामा संलग्न रहेको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विश्व भनिने हेमन्त बास्तोला र सुनिल राउत पुर्पक्षका लागि कारागार चलान भएका हुन्।

सोही घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका रोहितप्रसाद सिलवाल धरौटीमा रिहा भएका छन्। कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सिलवाल रु २० हजार धरौटीमा छुटेका हुन्। भरतपुर महानगरपालिका–१२ बस्ने अनिल परियार नेपाली कांग्रेसको बागमती प्रदेश प्रतिनिधि थिए। उको गत वैशाख २५ गते स्थानीय तहको निर्वाचनका समयमा आक्रमण गरी हत्या गरिएको हो।

प्रकाशित मिति: १९:३२ बजे, बुधबार, साउन २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्