Kathmandu Press

वनजङ्गल जोगाउन, संरक्षण र विकास गर्न जरुरी छ : मन्त्री यादव

काठमाडाैं, साउन २५ : वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालको हरियाली वनजङ्गल क्षेत्र जोगाउन, संरक्षण र विकास गर्न जरुरी रहेको बताएका छन। वन...
वनजङ्गल जोगाउन, संरक्षण र विकास गर्न जरुरी छ : मन्त्री यादव
Hardik ivf

काठमाडाैं, साउन २५ : वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालको हरियाली वनजङ्गल क्षेत्र जोगाउन, संरक्षण र विकास गर्न जरुरी रहेको बताएका छन। वन दिवस २०७९ का अवसरमा आज वन विभागले वन परिसरमा स्थापना गरेको ‘सामुदायिक वन स्तम्भ’ को अनावरण गर्दै मन्त्री यादवले नेपालको वनजङ्गल क्षेत्र जोगाउन, संरक्षण र विकास गर्न आवश्यक रहेको बताए।

उनले भने, 'नेपालको वनजङ्गल क्षेत्र जोगाउन, संरक्षण र विकास गर्न जरुरी छ, यो अभियानमा सबैको सहयोग अनि साथ चाहिन्छ।' वन स्तम्भले तराई मधेसदेखि नेपालको पहाडी र उच्च हिमाली क्षेत्रसम्म वनजङ्गल र वन्यजन्तु जोगाउने अभियानमा आआफ्नोस्तरबाट सहयोग गर्ने सम्पूर्ण अभियन्ता, कर्मचारी, सुरक्षाकर्मी र अन्य राष्ट्रसेवकको योगदानलाई कलात्मकरूपमा दर्शाउनेसमेत मन्त्री यादवले विश्वास व्यक्त गरे।

वन स्तम्भ निर्माण गर्न नेपालकै वनजङ्गलमा पाइने विभिन्न किसिमका काठ प्रयोग गरिएको र सामुदायिक वन अभियानसँग जोडिएर विभिन्न कालखण्डमा अतुलनीय योगदान पुर्‍याएकाको प्रतिकका रूपमा वन विभागले वन परिसरमा ‘सामुदायिक वन स्तम्भ’ को निर्माण गरिएको वन निर्देशक राजेश केसीले जानकारी दिए।

प्रकाशित मिति: १९:१४ बजे, बुधबार, साउन २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्